सवारी चालकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गर्ने प्रतिवद्धता

  ।   ३ कार्तिक २०८१, शनिबार १६:२९
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी फाईल फोटो

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सरकारी तथा संस्थानमा कार्यरत सवारी चालकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार वीरेन्द्रनगरमा सरकारी तथा संस्थान सवारी चालक एशोसियसन कर्णाली प्रदेशको छैटौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री भण्डारीले कोषमा आवद्ध गराउन भुमिका खेल्ने बताए ।

सरकारी सवारी चलाउने चालकलाई राज्यले पर्याप्त सेवा सुविधा दिन नसकेको उल्लेख गर्दै मन्त्री भण्डारीले पाइरहेको सेवा सुविधालाई सकारात्मकरुपमा लिन आग्रह गरे । सरकारी सवारी साधनको सहि सदुपयोग गर्ने महत्वपूर्ण जिम्मेवारी चालकको रहेको उल्लेख गर्दै पदिय हैसियतले श्रेणीभन्दा पनि सेवा ठुलो रहेको बताए ।

अस्थायी चालकलाई स्थायी बनाउने विषयमा कानुनी अल्झन रहेको भन्दै मन्त्री भण्डारीले स्थायी बनाउँन आफ्नोतर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । पछिल्लो समय मानिसहरुमा नकरात्मक भावहरु बढ्दा राम्रा पक्षहरु ओझेलमा परेको दावी गर्दै समाजले सोच बदल्न आवश्यक रहेको उनले बताए ।

Next Post

खल्लागाडमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु ; तिन घाईते

३ कार्तिक २०८१, शनिबार १६:२९
कालिकोट। कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्रक दुर्घटना हुदाँ तिन जना घाईते भएका छन् । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्ड पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख टेकबहादुर रावतका अनुसार बुटवलबाट जुम्ला जाँदै गरेको लु १ […]