रुकुम पश्चिममा भूकम्पले चिरा परेको घर भत्किँदा २२ बाख्रा मरे

  ।   ६ भाद्र २०८१, बिहीबार १७:१८

रुकुम पश्चिम । बयाल्यामा बरुण धितालको घर भत्किँदा २२ बाख्रा मरेका छन् । गएराति बाँफिकोट गाउँपालिका–१० मा धितालको घर भत्किँदा घरमा रहेका २२ बाख्रा पुरिएर मरेका हुन् ।

बाँफिकोट गाउँपालिका–१० का वडाध्यक्ष हरिबहादुर चन्दका अनुसार घरमा रहेका तीन बाख्रा भने घाइते अवस्थामा रहेको वडाध्यक्ष हरिबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार गत कात्तिक १७ गते जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पले घर चिराचिरा परेको थियो । सोही घर भत्किँदा बाख्रा मरेका हुन् । घरमा रहेका अन्तपात र भाँडावर्तनमा पनि क्षति पुगेको वडाध्यक्ष चन्दले जानकारी दिए । घरपरिवार अस्थायी आवास ९टहरो० मा बसेकाले मानवीय क्षति भने भएको छैन । अन्य क्षतिको विवरण सङ्कलन भइरहेको वडाध्यक्ष चन्दले जानकारी दिए ।

Next Post

हुम्ला जिप दुर्घटनामा परी गम्भीर घाइते एक जनाको मृत्यु

६ भाद्र २०८१, बिहीबार १७:१८
सुर्खेत । हुम्लामा बुधबार भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मुगुको छायाँनाथ रारा नगरपालिका–१, का रमेश मल्लको उपचारका क्रममा मृत्यु भएको हो । मल्ल उक्त जीपका मालिक समेत हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा बुधबार साँझ […]

सम्बन्धित शीर्षक