कविता , हरिया खुसिहरु !!

  ।   ३ भाद्र २०८१, सोमबार ०८:३८
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false,"used_sources":{"version":1,"sources":[{"id":"452672943010203","type":"ugc"}]}}

कालिकोट । दिर्घ बहादुर शाही `कवि´को कविता,हरिया खुसिहरु !!

सखारै चराहरु
चिरविराउने बेला
हरेक बिहान
झिसमिसेमा जिन्दगीका
सपनाहरू बोकेर
कम्मरमा खुर्पेटा
खुर्पेटा संग धारिलो आसि
हातमा फेरैफेरा गरि
बेटारिएको नाम्लो समातेर
पारी मेलाका हरिया खुसी
आधा झोला जति
सुख्खा चाहना बोकेर
मध्याह्नको चर्को घाममा
ओइलिएको जवानी संग
हरेक दिउँसो
आगन फर्किन्छन
हरिया खुसिहरुको
कुम्लो फुकालेर
आधा दर्जन जति
सुख्खा चाहनाहरु
अलिकति बाडौन भन्दा
चाहानाहरु भने
ओसिला भैदिन्छन
चिरा परेका रहर
उडेका खुसी
फाटेका हत्केलाहरु
एक हुल जति याद
संगै राखेर
प्रेमको मधुर लयमा
दौडेर जाने
रहरहरुलाई आशिर्वाद भन्छिन्

दिर्घ बहादुर शाही `कवि´
खाँडाचक्र नगरपालिका -५ कालिकोट

Next Post

जाजरकोट पहिरोमा परी भूकम्पपीडित तीन जनाको मृत्यु

३ भाद्र २०८१, सोमबार ०८:३८
जाजरकोट । भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो खसेको छ । आइतबादेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-२, माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक […]