काठमाडौँँ । काठमाडौँँ सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँँमा दुर्घटना भएको छ ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो । दुर्घटना भए लगत्तै जहाजमा आगो लागेको छ । सुरक्षाकर्मी र अग्नि नियन्त्रक टोलीले जहाजको आगो निभाएको छ ।
सौर्य एयरको जहाज दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुग्नुभएको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
जहाजमा दुर्घटनामा भए लगत्तै आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमानि १८ जनाको शव निकालेका छन् ।
विमानका पाइलट गम्भीर घाइते भएको र उपचारका लागि उनलाई सिनामंगलस्थित केएमसी अस्पतालमा लगिएको छ ।
विमान पोखरा उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको छ । अहिले नेपाली सेना, प्रहरी र विमानस्थलको फायर फाइटिङ टिमले उद्धारको काम गरिरहेको छ । विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रू रहेको प्रारम्भिक जानकारी आएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।