आइ.पि.भी.पोलियो खोप कालिकोटमा ५७.९० प्रतिश बालबालिकाले लगाए

  ।   १४ जेष्ठ २०८१, सोमबार २०:५४

कालिकोट । कालिकोटमा ५७.९० प्रतिशत आइ. पि.भी .(पोलियो खोप) लगाएको छ । पोलियो रोग उन्मुलन गर्ने उद्धेश्यका साथ ५ वर्ष देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुलाई जेष्ठ १३ देखि जेठ १९ गते सम्म दुई चरणमा खोप अभियान संचालन हुने भएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतका अनुसार जेष्ठ १३ देखि १५ गतेसम्म पहिलो चरण र १७ गते देखि १९ गतेसम्म दोस्रो चरणमा गरि २ चरणमा खोप अभियान सञ्चालन हुन लागिएको बताउनुभयो ।

पहिलो दिन २ हजार पाँच सय ६२ जना र दोस्रो दिन १ हजार ६ सय ९४ गरि जम्मा ४ हजार २ सय ५६ जना बालबालिकालाई पहिलो चरणको आइ पि भी पोलियो खोप लगाइएको छ ।

पहिलो चरणमा महाबै गाउँपालिकामा , पलाता गाउँपालिकामा , नरहरीनाथ गाउँपालिकामा , खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकामा गरि ६ पालिकामा लगाइएको हो ।

द्रोसो चरणमा बाँकि ३ पालिका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, र शुभकालिका गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने उहाँले बताउनु भयो । खोप संचालनको लागि जिल्लाका ९ वटा पालिकाका विभिन्न स्थानमा २ सय २० वटा भन्दा बढी खोप केन्द्र तोकिएको छ ।

Next Post

सरकारले आगामी आर्थिक वर्ष १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत

१४ जेष्ठ २०८१, सोमबार २०:५४
काठमाडौँ ।  सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्मा बजेट वक्तव्य प्रस्तुत गर्दै कूल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ प्रतिशत पुँजीगततर्फ रु तीन खर्ब ५२ अर्ब […]

सम्बन्धित शीर्षक