कर्णालीमा तत्काल युवा नीति बनाउने :  मन्त्री भण्डारी

  ।   २८ श्रावण २०८१, सोमबार १५:०८

सुर्खेत । कर्णाली प्रदेशमा तत्काल युवा नीति लागू गर्ने बताइएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीमा युवा नीति आवश्यक रहेको बताएका हुन् ।

प्रदेशमा युवा नीति लागू गरेर विभिन्न रोजगार सिर्जना गरेर कर्णालीमै युवाहरु बस्ने वातावरण बनाउने अभियानको अब सुरुवात भएको उनले बताउनुभयो ।

मन्त्रीले भन्नुभयो ‘सरकारको आन्तरिक आम्दानी कमजोर हुँदा चाहेजस्तो काम गर्न सकिएको छैन,’ ‘संघीय सरकारले दिएको बजेटका आधारमा नीति बनाउनुपर्ने बाध्यकारी अवस्था छ ।’ यौनिक तथा लैंगिक अल्पसंख्यक, दृष्टिविहीन अपांगता लगायतका लक्षित वर्गका व्यक्तिहरुका लागि प्रादेशिक शिक्षा नीतिबाट उचित व्यवस्था हुने पनि उहाँले बताउनुभयो ।

Next Post

युवासम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक ; राष्ट्रपति पौडेल

२८ श्रावण २०८१, सोमबार १५:०८
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ। सोमवार काठमाडौंमा अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई […]