अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाईते

  ।   २१ बैशाख २०८१, शुक्रबार १४:५९

सुर्खेत / रुकुम पश्चिमको आठविसकोटमा अटोरिक्सा दुर्घटना भएको छ । अटोरिक्सा दुर्घटनाबाट सात जना घाईते भएका छन् ।

शुक्रबार बिहान आठविसकोट नगरपालिका वडा नम्वर ९ स्थित खहरेपिपलमा रा १ ह ४८०२ नम्वरको अटो दुर्घटना भएको हो ।

आठविसकोट नगरपालिका (१० को काफलचौरबाट वडा नम्वर ९ को राडि बजारतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा अटोमा सवार सात जना घाईते भएको आठविसकोट नगरपालिका प्रमुख रबि केसीले जानकारी दिनुभयो ।

घाईतेहरुको आठविसकोट नगर अस्पताल राडिमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

Next Post

आफ्नै श्रीमतीको हत्या गरि श्रीमान फरार

२१ बैशाख २०८१, शुक्रबार १४:५९
काठमाडौं । मोरङको आफ्नै श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन । सुन्दरहरैँचा नगरपालिका वडा नं ५ स्थित गोर्खाली टोलमा ४५ वर्षिय मनमाया तामाङ आफ्नै घरभित्र मृत अवस्था फेला परेकि हुन । वडा सदस्य घनश्याम घले गुरुङका अनुसार सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज दाहालको नेतृत्वले […]